काठमाडौं । नेपालबाट कुनै पनि नेपाली नागरिक विदेश जाँदा सामान्यतया नेपाल प्रहरीको चालचलन शाखाबाट रिपोर्टका आधारमा भिसा प्राप्त गर्दछ ।
सामान्यतया अभद्र ब्यवहार मुद्दामा नाम परेका नागरिकले पनि चालचलनको रिपोर्ट पाउने गरेका छैनन् । कुनै पनि मुद्दामा नाम नपरेका ब्यक्तिले मात्र चालचलन रिपोर्ट पाउने गरेका छन् । गरिब र निमुखाको हकमा नेपाल प्रहरी कठोर हुनु स्वभाविक नै हो । अदालतले पनि आजसम्म गरिबको पक्षमा आदेश गर्ने गरेको पाइँदैन ।
ललिता निवासको जग्गा अपचलनमा संलग्न ब्यक्तिहरुउपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा र काठमाडौं जिल्ला अदालतमा संगठित अपराध र सरकारी सहीछाप कीर्ते मुद्दा दर्ता भएको छ ।
काठमाडौं जिल्लाको मुद्दामा अन्य प्रतिवादीका साथै किया मोटर्सका आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरे र रेखा घिमिरेलाई फरार प्रतिवादी बनाई मुद्दा दर्ता भएको छ । फरार प्रतिवादीले चालचलनको रिपोर्ट नपाउनु स्वभाविक नै हो । सुहृद र रेखाले चालचलन रिपोर्ट नपाएपछि अदालत सेटिङतर्फ लागे । रेखा घिमिरेलाई केपी ओलीले २०७७ मा राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य बनाएका छन् ।
अनौठो फैसला
सुहृद घिमिरेले उच्च अदालत पाटनमा नेपाल प्रहरी, सीआईबी समेतलाई बिपक्षी बनाई रिट ५ भदौ, २०८१ मा गते दर्ता गरे । १ महिनाभित्रै १३ असोज, २०८१ मा रिट जारी गराइयो । उच्च अदालत पाटनमा सेटिङमा विवादित न्यायाधीश सूर्यप्रसाद पराजुली र टंकप्रसाद गुरुङको बेन्चमा फरार अभियुक्तलाई चोख्याउने गरी चालचलन रिपोर्ट दिने गरी रिट जारी भयो ।
सुहृद घिमिरेको रिटमा आफूमाथि सरकारी सहीछाप कीर्ते र संगठित अपराध मुद्दा दर्ता भएको, आफू फरार रहेको स्वीकार गरेका छन् । सीआईबीले संगठित अपराध जस्तो गम्भीर कसूर लागेका ब्यक्तिलाई चालचलन रिपोर्ट दिन नमिल्ने जिकिर लिएको अवस्थामा पनि न्यायभन्दा १ हात अगाडि गई न्यायाधीश पराजुलीले सुहृद घिमिरेलाई चोख्याउनेगरी आदेश गरेका छन् ।
दूधको साक्षी बिरालो
न्यायपरिषदको आचरण बिरुद्ध वार अध्यक्ष गोपालकृष्ण घिमिरेले वक्तब्य जारी गर्दा अवहेलना मुद्दा दर्ता भएको छ । गोपाल ठीक वा बेठीक अन्तिम निर्णयबाट ठहर हुने नै छ । सूर्य पराजुलीलाई काठमाडौं उपत्यकाभित्र जिल्ला हुँदै उच्चमा राख्ने न्यायपरिषदका पदाधिकारीहरुको नीति नियम सन्देहास्पद देखिन्छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend