काठमाडौं । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा प्रहरी प्रधान कार्यालयबाटै प्रहरी निरीक्षक कृष्णदेव साहको नेतृत्वमा मधेश प्रदेशका ८ वटा जिल्लामा सादा पोशाकमा घुमुवा खटाएका थिए । प्रहरी प्रधान कार्यालयबाटै घुमुवा खटाउनुको मुख्य उद्देश्य अपराध नियन्त्रणभन्दा पनि तस्करीको नेटवर्कसँग कनेक्सन गरी अतिरिक्त लाभका लागि नै थियो भन्ने तथ्य घामजत्तिकै छर्लङ्ग थियो । खनालले प्रहरी मुख्यालयबाटै घुमुवा खटाएको बिषय धेरै विवादमा पनि परेको थियो । त्यसयता प्रहरी मुख्यालयबाटै सादा पोशाकमा घुमुवा खटाइएको जानकारीमा छैन ।
वर्तमान महानिरीक्षक बसन्तबहादुर कुँवरले त झन् काजमा राख्ने र घुमुवा परिचालनलाई निरुत्साहित गर्दैआएका छन् । आईजीपी कुँवरले घुमुवा नखटाए पनि प्रहरी महानिरीक्षकका पारिवारिक सदस्य मातहतको उजुरी छानबिनका हाकिमहरुसँग सम्बन्ध छ भनेर मधेश प्रदेशमा सादा पोशाकमा विवादित र बदनाम प्रहरीहरु परिचालित हुने गरेको खुलेको छ ।
मुख्यालयमा पहुँच छ भन्दै मधेशका बारा, पर्सा र रौतहटमा असुली गर्दैआएका छन् बरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सिकेन्द्र साहले । वर्तमान आईजीपी कुँवर चितवनको एसपी हुँदा उनी सादा पोशाकमा त्यहाँ खटिने गरेका थिए । चितवनमा घुमुवाका रुपमा असुली गर्नेमा उनी संलग्न थिए । आईजीपी कुँवर डीआईजी भएर मधेश प्रदेशमा खटिएपछि सई साह गौर भन्सार प्रहरी चौकीको इन्चार्ज भएका थिए । गौर भन्सारको प्रहरी चौकीमा ६–६ महिनामा इन्चार्ज परिवर्तन भए पनि उनी ९ महिनासम्म टिकिरहेका थिए । त्यहाँबाट चन्द्रनिगाहपुरमा सरुवा भए ।
सई साहले आफूमात्र होइन, प्रहरी मुख्यालयको विश्वासपात्र भनेर मधेशका अन्य जिल्लाका जो–जो घुमुवा छन्, उनीहरुलाई समेत उजुरी छानबिनमा तानिनबाट रोकेका छन् । बारा घर भएका सई साहले बारा, पर्सा र रौतहट तीन जिल्लाका घुमुवालाई संरक्षण गर्ने भनेर उनीहरुबाट मासिक रुपमा मुख्यालयमा बुझाउनुपर्छ भनेर रकम उठाउने गरेको स्रोत बताउँछ ।
घुमुवाका बारेमा उजुरी परे पनि प्रहरी मुख्यालयको उजुरी छानबिन इकाइका एसपी प्रकाश मल्ललाई भनेर पत्र काट्नबाट उनले रोक्ने गरेका छन् । रौतहटका अर्का बदनाम घुमुवा असई हुुसेन महम्मदलाई पनि सई साहले नै संरक्षण गर्ने गरेका छन् ।
स्रोतका अनुसार बाारा, रौतहट, महोत्तरीलगायतका जिल्ला प्रहरी कार्यालयबाट सिभिलमा परिचालित हवल्दार उमेश यादवसहितका घुमुवाका बारेमा धेरै उजुरी मुख्यालयमा परे पनि तीन पटकसम्म डीएसपीले पत्र तयार गर्दा एसपी प्रकाश मल्लले रोक्दैआएका छन् । बाराका आर्थिक कारोबार गर्ने सहायक हवल्दार धिरज पटेल, महोत्तरीका सहायक हवल्दार धर्मेन्द्र यादवका बारेमा पटक–पटक उजुरी परे पनि सई सिकेन्द्रले उजुरी छानबिन हुन नदिने र मुख्यालय तान्नबाट रोेकेका छन् ।
रौतहटका असई हुुसेन त आफैं काण्ड लागेर उजुरी छानबिनमा परी ४ महिना मुख्यालयको गणमा राखिएका थिए । हुसेन त आफू आईजीपी कुँवरसँग रातदिन उठबस भएका बिचौलिया नारायण दाहालको सिफारिसमा आएकाले कसैले चलाउन नसक्ने भनेर खुलेआम भन्ने गर्दछन् । रौतहटका एसपी दिलीप घिमिरे इमान्दार र आर्थिक विवादमा नपरेका अधिकृत हुन् । तर मुख्यालयकै नाममा हुसेनजस्ता प्रहरी सादा पोशाकमा खटिएपछि उनलाई समेत गाह्रो परेको छ । यसअघि डीएसपी एलिजा गिरीले घुमुवा राखेर असुलीमा लगाउँदा विवादमा आएकी थिइन् । एलिजा सरुवा भएपछि रौतहटमा जिल्ला तहबाट सादा पोशाकमा कसैलाई खटाइएको छैन । जिल्लाबाट कोही नखटाए पनि असई हुसेनको असुली रोक्न एसपीले समेत नसकेको गुनासो छ ।
विगतमा चितवन र बारामा घुमुवाका रुपमा धेरै बदनाम भएका असई हुन् हुसेन । उनले घुमुवाका रुपमा तस्करीदेखि विभिन्न अबैध गतिबिधि गर्नेहरुसँग सेटिङ मिलाएर कमाएको धनले टिफर, बस, टाटासुमो लगायत जग्गाजमिन समेत खरिद गरेको स्रोतको दाबी छ । सई सिकन्दरले नै हुसेनलाई रौतहटमा राखेर एसपी घिमिरेको जिल्लाको शान्ति सुब्यवस्था र तस्करी नियन्त्रणमा अवरोध पुर्याउँदैआएका छन् । स्रोतका अनुसार सई सिकन्दरले आईजीपी कुँवरका आफन्तको नाम लिएर बारा, पर्सा र रौतहटमा सादा पोशाकका घुमुवाका रुपमा तस्करदेखि बिभिन्न कारोबारीसँग सेटिङ मिलाउने काम गरेको स्रोत बताउँछ ।
यसैबीच, सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहले जवान मजरुल होदा मियाँलाई घुमुवा राखेका छन् । सचिवालयमा बसेकै भरमा आईजीपी कुँवरको मन जितेर सर्लाहीको एसपीमा मौका पाएका सिंहले जवान मजरुल होदालाई सादा पोशाकमा परिचालन गरी लाभ लिंदैआएको आरोप छ ।
रौतहटमा लामो समय घुमुवा बसेका मजरुलको दरबन्दी सर्लाही हो । रौतहटमा उनले घुमुवाका रुपमा आर्थिक लेनदेन गरेका समाचार नेपालफेसले लेखेपछि दरबन्दीमा फिर्ता भएका थिए । पछिल्ला दिनमा मजरुलले एसपी सिंहका अलावा मधेश प्रदेशका डीआईजी लालमणि आचार्यको समेत घुमुवा हुँ भन्दै सर्लाहीका अलावा रौतहटका तस्करहरुसँग समेत असुली गर्न थालेको स्रोतको दाबी छ ।
यसअघि मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल बिचौलिया जितेन्द्र कर्णमार्फत् तस्करदेखि विभिन्न अबैध कारोबारीसँग पैसा उठाएपछि विवादमा परेका थिए । तिनै कर्णलाई प्रहरी मुख्यालयले थुनेरै डीआईजी पोखरेलसँगको कारोबारको फेहरिस्त लिएको थियो । आईजीपी कुँवरले भैरहवामा सम्बोधन गर्दा डीआईजी पोखरेलको खातामा अस्वभाविक कारोबार देखिएको सार्वजनिक अभिब्यक्ति दिएका थिए । बिचौलिया जितेन्द्र कर्णले हालका डीआईजी आचार्यसँग पनि धनुषाको एसपी हुँदादेखिको सम्बन्ध रहेको भन्दै विवादमा ल्याउन खोजेको स्रोत बताउँछ ।
त्यसैगरी बाराको बरियारपुरबाट सेटिङमा तस्करी हुँदैआएको छ । दशैंको मौका छोपेर एसपी महेन्द्र खड्काले नै बरियारपुरबाट तस्करीको लाइन चलाएका छन् । त्यसका अलावा कवही गोठ, सिम्रौनगढ र मटिअर्वाबाट पनि प्रहरीको सेटिङमा तस्करी बढेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend