Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एमालेको आकस्मिक बैठक बस्दै, बाढीपहिरो र राहतका बारेमा छलफल हुने


    आइतबार, असोज १३ २०८१
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ।

    ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठक पार्टीको विपद व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुनेगरी महासचिव शङ्कर पोखरेलले बोलाएका हुन् ।

    बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार