Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक


    शनिबार, असोज १२ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढीपहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितको बैठक बोलाएका छन् ।

    केन्द्रीय सुरक्षा समितिको बैठक आज बिहान १०: ३० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा बस्दैछ ।

    साथै गृहमन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढीपहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनुका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सतर्क रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रहसमेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार