विशाल बस्नेत/ न्युज कारखाना
महोत्तरी । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बर्दिवास रेल्वे स्टेशन निर्माणार्थ ओइलानी जग्गामा बसोबास गरिरहेकाहरुलाई मुआब्जा दिन सकिने कानुनी आधार नभएको वताएका छन ।
निर्माणाधिन क्षेत्र वरपर वसोवास गर्दै आएका १४ घर परिवारलाई मुआब्जा प्रदान गर्न कानुनी आधार नभएतापनी क्षतिपूर्ति बापत दिन सकिने वाटोतर्फ सरकार अगाडि बढेको उनको भनाई छ ।
विहिबार भएको पत्रकार भेटघाट कार्यक्रममा लालपुर्जा भएका जग्गाधनीहरुलाई मुआब्जा प्रदान गरिसकेको वताउदै मन्त्री दाहालले ओइलानी जग्गामा बसेका १४ घरधुरीको लागि पनि छिट्टै निकास निकाल्ने वताए । रेल्वे स्टेशन र रेल्वे ट्र्याक वनाउने क्रममा व्यापक राजश्व छली भएको तर्फ पनि पत्रकारहरुले मन्त्री दाहाललाई ध्यानाकर्षण गराएका छन ।
विशेषगरि बर्दिवास क्षेत्रमा निर्माणका क्रममा आएको नदीजन्य पदार्थमा मिलोमतोमा नै राजश्व छली भएको प्रमाणहरु रहेको पत्रकारहरुले दावी गरे । करोडौ राजश्व छली भएको विषयमा समबन्धित मन्त्रालयले कसरी हेर्छ भन्ने प्रश्नमा मन्त्री दाहालले अनुगमन निकायहरुसगँ छलफल गर्ने वताए ।
राजश्व छली कै विषयलाई लिएर नागरिक समाजले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend