Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाजपाका नेतालाई राखी बाँध्न परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदै


    शुक्रबार, साउन ३२ २०८१
    2.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत भ्रमणमा जाने भएकी छन् ।

    परराष्ट्रमन्त्री राणाले भदौं २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन् । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको छ ।

    भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ ।

    मन्त्री राणाले ३ बर्षदेखि भारतीय जनता पार्टीका नेता बिजय चौथाइवालेलाई राखी बाँध्दै आएकी छन् । भारतीय जनता पार्टीको बिदेश बिभाग प्रमुखको हैसियतले २०७९ मा नेपाल भ्रमणमा आएको समयमा जनैपूर्णिमा परेकाले मन्त्री राणाले उनलाई राखी बाँधेकी थिइन् ।

    गतबर्ष राणा उपचारका क्रममा दिल्लीमै भएको समयमा चौथाइवालेलाई राखी बाँधेकश्री थिइन् । यो बर्ष भदौ ३ गते जनैपूर्णिम परेको छ । त्यही जनैपूर्णिमाको दिन चौथाइवालेलाई राखी बाँध्नकै लागि उनी भारत भ्रमणमा जान लागेको अनुमान गरिएको छ । भारतमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने परम्परा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार