Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै


    सोमबार, साउन १४ २०८१
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।

    बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहान ८ बजे बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    यस अघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि रहेका असहमतिमा सैद्दान्तिक सहमति भएको बताइएको छ ।

    कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन् ।

    संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपाची आज अन्तिम रुप दिन बैठक बस्न लागेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार