Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कांग्रेस–एमालेको बजेट असफल पार्ने प्रयासपछि राष्ट्रियसभा बैठक स्थगित


    बिहिबार, असार २८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आजको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक आइतबारसम्मका लागि सरेको हो ।

    आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको थियो । तर, एमाले र कांग्रेसले संशोधन प्रस्ताव राखेर बजेट फेल गराउन खोजेपछि बैठक सरेको थियो ।

    आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक प्रतिनिधिसभाले १६ असारमै पारित गरेको थियो ।

    नेकपा एमाले सांसद भगवती न्यौपानेले राष्ट्रिय सभामा दर्ता गरेको आर्थिक विधेयकको शेयर हस्तान्तरणमा कर नलाग्नेसम्बन्धी दफामा संशोधन प्रस्ताव दर्ता गरेर कांग्रेस-एमालेले सो संशोधन पारित गर्ने तयारी गरेपछि सरकार झस्केको थियो । यो संशोधन प्रस्ताव पास भएमा बजेट असफल भएको ब्याख्या गर्ने रणनीति कांग्रेस-एमालेले बनाएपछि अर्थमन्त्री बर्षामान पुन बैठकमा उपस्थित भएका थिएनन् ।

    त्यसपछि अध्यक्ष नारायण दाहालले बैठक आइतबारसम्मका लागि स्थगित गरेका थिए । अब राष्ट्रिय सभाको अर्को बैठक असार ३० गते आइतबार सवा १ बजे बस्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार