Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मौवाखोला नजिक पहिरो, सडक एकतर्फी


    बिहिबार, असार २८ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

    पहिरोका कारण अवरुद्ध सडक अहिले एकतर्फी संचालनमा रहेको र पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले दुइतर्फी सडक खुलाउन हुन केही समय लाग्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार