Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा तालमा फसेका चार जनाको उद्धार, एक जना मृत फेला


    बुधबार, असार २७ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुवेर फसेका एकै परिवारका ४ जनालाई असार २६ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ बर्षिय राम बहादुर अधिकारी, ३९ बर्षीया सृजना अधिकारी, ६ बर्षीय आयुष अधिकारी र ४ बर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए । सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

    यसैगरी सोही महानगरपालिकास्थित सहेलापाटा निवासी बर्ष ५१ का मनबहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिदा निजको छोरा २२ बर्षिय भीमबहादुर थापा वेपत्ता भएका थिए । उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा विहान ७ बजे मृत अवस्थामा फेला पारेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार