काठमाडौं । बर्षाका कारण देशका विभिन्न ठाउँहरुमा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायको समन्वयमा सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ गोईसारमा वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी जोखिम रहेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । साथै सो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोलीले बाँध बाध्ने कार्य गरिरहेको छ ।
त्यसैगरी सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरको सुकुम्बासी बस्तीमा त्रियुगा नदीमा पानीको बहाव बढी डुवानमा परेका १६ घरपरिवारलाई सुरक्षा वेश फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।
झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित सुगाँबथानमा माई खोलामा पानीको बहाव बढी डुवानमा परेका १० घरपरिवारलाई बिओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।
त्यस्तै सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदीमा पानी बहाव बढी नदीको बीच भागमा अड्किएका ५ जनाको सुरक्षा बेश कल्याणपुर र सुरक्षा सुरक्षा वेश दुवरकोटको टोलीले सकुशल उद्दार गरेको हो ।
यसैगरी काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडक खण्डमा वर्षाको कारण अवरुद्ध सडक सशस्त्र प्रहरीले असार २५ गते सुचारु गरेको छ ।
सडक खण्डमा पर्ने खहरे ठाडो खोल्सामा आएको बाढिले एकतर्फी सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौजले दुवैतर्फ बाटो सुचारु गरेको हो ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend