Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशको सबैमा भागमा भारी बर्षा, बिपतमा परेकाको उद्दार कार्यमा खटियो सशस्त्र प्रहरी


    शनिबार, असार २३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । असार २२ गते अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा गएको पहिरो तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । डुवान तथा पहिरोमा परेका घरपरिवारको सामान तथा पशु चौपायाहरुलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।

    दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्दार गरेको हो । सोही स्थानका करीव ५० घरहरु डुवानमा परेका थिए ।

    त्यसैगरी, दुध बिक्री गरी घर फर्कदै गरेका ४८ वर्षिय तुलाराम यादव र ४० वर्षिय दयाराम यादवको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला दाङबाट खटिएको सुरक्षा फौजले सकुशल उद्वार गरेको हो । दाङ जिल्लाको लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदिमा पानीको बहाव बढी उनीहरुको सो नदिको दोभानमा फसेका थिए ।

    त्यस्तै सोही जिल्लाकै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षिय गोरे क्षेत्रीको समेत सकुशल उद्दार गरिएको हो ।

    काठमाडौंको कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरलेसकुशल उद्दार गरेको छ । उनीहरु सो नदीमा फसेका भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद् उद्दार गण सिनामंगल र नं १८ निलबाराही गण कीर्तिपुरको सुरक्षाफौज त्यस ठाउँमा खटिएको थियो । उद्दार गरिएकाहरु हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेका छन् ।

    तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिर दर्शन गर्न जाने क्रममा बढीमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ । बाढीको कारण दर्शनार्थी फसेपछि सशस्त्र प्रहरी बल नेपाल नं २३ मनकामना गण भानु तनहुुँबाट खटिएको २५ जना सुरक्षा फौजले डोरीको सहायताबाट उनीहरुको सकुशल उद्दार गरेको हो ।

    यसैगरी तनहुँ जिल्लाको ब्यास नगरपालिका–१२ कमलबारीस्थित भुमाया अछामीको घरमुनिबाट पहिरो खसेर घरनै जोखिममा परेपछि सशस्त्र प्रहरी बल नेपाल नं २३ मनकामना गण भानु तनहुँबाट गएको सुरक्षा फौजले घरका मानिस र सामान सुरक्षित स्थानमा सारेको हो । त्यस्तै बाढीका कारण अबरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरी बल नेपाल नं १५ गण काभ्रेबाट खटिएको टोलीले खुलाएको हो ।

    सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित अबरुद्ध बीपी राजमार्गमा खुलाउँदै विपद् व्यवस्थापना बेश खुर्कोट सिन्धुलीको सुरक्षा फौज परिचालन भएका थिए भने ललितपुरस्थित धापाखेलमा समेत वर्षाको कारण अलपत्र परेकाहरुको नं २१ दक्षिणकाली गणको टोलीले सुरक्षित स्थानमा सारेको थियो ।

    भक्तपुर जिल्ला चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलाको बहाव बढेर बस्तीमा पानी पसेपछी सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बांस र जस्तापाताले अस्थायी बार बनाएको छ ।

    त्यसैगरी वर्षाको कारण उपत्यकाको डुवानमा पर्ने सम्भावित ठाउँहरुमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । काठमाडौबाट सुन्दरीघाट, बल्खु, बालाजुको विष्णुमती खोला करिडोर, कुलेश्वर, कलंकी, तारकेश्वर ईलाका, पेप्सीकोला, धोविखोल करिडोल ईलाका, महालक्ष्मी कर्मनासा खोला, धापाखेल, टिचिङ इलाकामा र नंखु इलाकामा परिचालित रहेका छन् ।

    त्यस्तै भक्तपुरको चागुनारायण नगरपालिका–१ राई टोल र राधेराधे, समेत परिचालित भएका छन् । सो स्थानहरुमा सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गण काठमाडौबाट उपत्यकास्थित नं २० विपद्् उद्धार गण सिनामंगल नं २१ दक्षिणकाली गण र नं २२ गुहेश्वरी गण भक्तपुरको सुरक्षा फौज परिचालित भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार