काठमाडौं । प्रहरी महानिरीक्षक मातहत रहेको उजुरी छानबिन महाशाखाका अधिकारीहरुले कारबाहीका लागि गणमा तानिएका प्रहरीलाई मधेश प्रदेशका जिल्ला–जिल्लामा घुमुवाका रुपमा खटाएको खुलासा भएको छ । उजुरी छानबिन महाशाखाका एसएसपी गणेश चन्दले आईजीपी बसन्तबहादुर कुँवरलाई थाहा नदिई कारबाहीका लागि तानिएकालाई मधेश प्रदेशमा खटाएको आरोप छ ।
मधेश प्रदेश अन्तर्गतका जिल्लामा सादा पोशाकमा खटिने क्रममा भन्सारछली गर्ने ब्यापारीहरुसँग मिलेमतो गरेको र प्रहरी आचरण विपरीत क्रियाकलाप गरी कारबाहीका लागि गण नम्बर १ टंगालमा तानिएका विवादित प्रहरीलाई नै उजुरी छानबिन महाशाखाका हाकिमहरुले बारा, पर्सा र रौतहटमा घुमुवाका रुपमा खटाएका छन् ।
आईजीपी कुँवरलाई थाहा नै नदिई एसएसपी चन्दले प्रहरी प्रहरी नायब निरीक्षक(सई) उपेन्द्र साह, प्रहरी सहायक निरीक्षक (असई) महम्मद हुसेन, हवल्दार रामविश्वास यादवसहित ६ जनालाई मधेश प्रदेशका जिल्लामा खटाएका छन् । सई साह गतबर्ष असोजमा सिरहामा भएको तस्करीको घटनामा संलग्न भएकाले गणमा छानबिनका लागि तानिएका थिए । गएको असोजमा सिरहामा राजस्व अनुसन्धान कार्यालय इटहरीले ठूलो परिमाणमा तस्करीका कपडा बरामद गरेको थियो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा तस्करी भएको पाइएपछि सशस्त्रका एसपी प्रमोद भारतीसहितका अधिकृत तानिएका थिए । नेपाल प्रहरीले सई साहको तस्करसँग कनेक्सन देखिएपछि गणमा तानेर छानबिन गरिरहेको थियो । असई हुसेन र रामविश्वास यादव बारा र पर्सामा सादा पोशाकमा घुमुवाका रुपमा खटिएकै समयमा तानिएका थिए ।
कारबाहीका लागि तानिएका साह, हुसेन र यादवहरुलाई उजुरी छानबिनका प्रमुख चन्दले नै प्रहरी प्रधान कार्यालयबाट मधेशका जिल्लामा जाने अनुगमनमा जाने छुट दिएको स्रोत बताउँछ । उजुरी छानबिनका प्रमुख चन्दसहिता केही हाकिमहरुलाई प्रभावमा पारी सई साहसहितको टोली प्रत्येक महिना मधेश प्रदेशमा जाने गरेको थियो । उनीहरुले तराईका जिल्लाका थानाौकीका इन्चार्जहरुलाई प्रहरी प्रधान कार्यालयबाट आएको नभनी अख्तियारबाट खटिएको भन्ने गरेका थिए ।
अख्तियारबाट आएको भनी सीमाचौकीका इन्चार्जहरुलाई तेल, पैसा, खाजा खाना खुवाउन लगाउने र नदिनेलाई फसाउने कार्य समेत गर्न थाले । उनीहरुले मागे अनुसार पैसा नदिएपछि सीमा प्रहरी चौकीका इन्चार्जहरुलाई फसाउँदैआएका छन् । फसाइएका सीमा चौकीका इन्चार्जहरुमा बारा, पर्सा र रौतहटका छन् । विगतमा मधेशमा घुमुवा बसेर बदनाम भएकाहरुले मागे अनुसार रकम नदिएकै कारण रौतहटको कोपवा चौकीका सईलाई १ नम्बर गण नक्सालमा तनिएको छ । रौतहटकै मौलापुर इलाका प्रहरी कार्यायका इन्स्पेक्टर पनि उनीहरुकै माग पूरा नगर्दा तानिएका छन् ।
उजुरी छानबिनका गणेश चन्दसँग सेटिङ मिलाएर गएको उपेन्द्र साहको टोलीले रौतहटमा कोपवा र मौलापुरमा गएर अख्तियारबाट अएको भनेर थर्काउने र असुल्ने गरेपछि २०८१ असार १६ गते स्थानीयको घेराउमा परेका थिए । अख्तियारको नाम लिएपछि विवाद बढ्दै गयो, विवाद बढेको खबर पुगेपछि जिल्ला प्रशासन कार्यालय रौतहटबाट थप मद्दत गएर उनीहरुलाई उद्दार गर्नुपरेको थियो ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend