काठमाडौं । विश्वभरका हिन्दू धर्मावलम्बीहरु पशुपतिनाथको मन्दिर दर्शन गर्न नेपाल आउने गर्दछन् । पशुपतिनाथको दर्शन गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटकहरु हुन् । पशुपति दर्शन गर्नका लागि आउने भारतीय पर्यटकहरुलाई मन्दिर दर्शन गर्न सहजीकरण गर्नुपर्ने दायित्व पूरा गर्नका लागि पशुपति विकास कोषदेखि राज्यका बिभिन्न निकायले काम गरिरहेका छन् ।
यसैक्रममा भेटी चोरेको घटना सेलाउन नपाउँदै भारतीय पर्यटकहरुसँग सशस्त्र प्रहरीले नै घुमुवा परिचालन गरी रकम लिने गरेको आरोप लागेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीलाई पशुपतिमा आउने स्वदेशीदेखि विदेशी पर्यटकको सुरक्षार्थ तैनाथ गरिएको छ । पर्यटकको सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पशुपतिमा मन्दिर सुरक्षा बेस नै राखिएको छ । तर मन्दिर सुरक्षाका लागि राखिएको सुरक्षा बेसकै सशस्त्र प्रहरीले भारतीय पर्यटकसँग पैसा माग्ने गरेको गुनासो छ ।
स्रोतका अनुसार मन्दिर दर्शन गराउन सहजीकरण गरेबापत उनीहरुले भारतीय पर्यटकसँग रकम लिने गरेका छन् । पशुपति मन्दिरमा रहेको सशस्त्रको बेसका इन्स्पेक्टर दीपेन्द्र खड्का गएको जेठ ८ गते हाजिर भएका हुन् । उक्त बेसमा कार्यरत ४ जना सशस्त्रका तल्लो दर्जाका जवान र हवल्दारलाई घुमुवाका रुपमा खटाई भारतीय पर्यटकहरुलाई मन्दिर घुमाउन सहयोग गर्ने भनेर सिधै बेस इन्चार्जकोमा लाने गरेका छन् । त्यहाँ लगेर मन्दिर दर्शन गराउनका लागि ३ हजार ५ सयदेखि ५ हजार रुपैयाँ असुल्ने गरेका छन् ।
वरिष्ठ हवलदार रमेश कार्की, हवल्दार पुरुषोत्तम दाहाल, ऋषि बरुवालसहितका सादा पोशाकमा खटिएका घुमुवाले भारतीय पर्यटकलाई मन्दिर घुमाउने रकम असुल्ने गरेको स्रोतको भनाइ छ । यी चारै जना २ बर्षभन्दा बढी समयदेखि पशुपति मन्दिर सुरक्षार्थ स्थापित बेसमा कार्यरत छन् । जबकि ६–६ महिनामा त्यहाँ फेरबदल हुने गरेको छ । सबै सेटिङ मिलाएर उनीहरु २ बर्ष भन्दा बढी समयदेखि बस्दै आएका छन् । इन्स्पेक्टर खड्काले नै उनीहरुलाई भारतीय पर्यटकसँग असुलीमा लगाएको आरोप छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend