काठमाडौं । विश्वभरका हिन्दू धर्मावलम्बीहरु पशुपतिनाथको मन्दिर दर्शन गर्न नेपाल आउने गर्दछन् । पशुपतिनाथको दर्शन गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटकहरु हुन् । पशुपति दर्शन गर्नका लागि आउने भारतीय पर्यटकहरुलाई मन्दिर दर्शन गर्न सहजीकरण गर्नुपर्ने दायित्व पूरा गर्नका लागि पशुपति विकास कोषदेखि राज्यका बिभिन्न निकायले काम गरिरहेका छन् ।
यसैक्रममा भेटी चोरेको घटना सेलाउन नपाउँदै भारतीय पर्यटकहरुसँग सशस्त्र प्रहरीले नै घुमुवा परिचालन गरी रकम लिने गरेको आरोप लागेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीलाई पशुपतिमा आउने स्वदेशीदेखि विदेशी पर्यटकको सुरक्षार्थ तैनाथ गरिएको छ । पर्यटकको सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पशुपतिमा मन्दिर सुरक्षा बेस नै राखिएको छ । तर मन्दिर सुरक्षाका लागि राखिएको सुरक्षा बेसकै सशस्त्र प्रहरीले भारतीय पर्यटकसँग पैसा माग्ने गरेको गुनासो छ ।
स्रोतका अनुसार मन्दिर दर्शन गराउन सहजीकरण गरेबापत उनीहरुले भारतीय पर्यटकसँग रकम लिने गरेका छन् । पशुपति मन्दिरमा रहेको सशस्त्रको बेसका इन्स्पेक्टर दीपेन्द्र खड्का गएको जेठ ८ गते हाजिर भएका हुन् । उक्त बेसमा कार्यरत ४ जना सशस्त्रका तल्लो दर्जाका जवान र हवल्दारलाई घुमुवाका रुपमा खटाई भारतीय पर्यटकहरुलाई मन्दिर घुमाउन सहयोग गर्ने भनेर सिधै बेस इन्चार्जकोमा लाने गरेका छन् । त्यहाँ लगेर मन्दिर दर्शन गराउनका लागि ३ हजार ५ सयदेखि ५ हजार रुपैयाँ असुल्ने गरेका छन् ।
वरिष्ठ हवलदार रमेश कार्की, हवल्दार पुरुषोत्तम दाहाल, ऋषि बरुवालसहितका सादा पोशाकमा खटिएका घुमुवाले भारतीय पर्यटकलाई मन्दिर घुमाउने रकम असुल्ने गरेको स्रोतको भनाइ छ । यी चारै जना २ बर्षभन्दा बढी समयदेखि पशुपति मन्दिर सुरक्षार्थ स्थापित बेसमा कार्यरत छन् । जबकि ६–६ महिनामा त्यहाँ फेरबदल हुने गरेको छ । सबै सेटिङ मिलाएर उनीहरु २ बर्ष भन्दा बढी समयदेखि बस्दै आएका छन् । इन्स्पेक्टर खड्काले नै उनीहरुलाई भारतीय पर्यटकसँग असुलीमा लगाएको आरोप छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend