काठमाडौँ । सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूतमा नियुक्त गर्नुअघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन् ।
उनले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन् । उनलाई सरकारले दक्षिण कोरियाको लागि राजदूतमा सिफारिस गरेको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक संचालक रहेका प्याकुरेलले भनेको देशको राजदूत नपाएपछि असन्तुष्टी जनाउँदै राजीनामा दिएको स्रोतको दाबी छ । उनले अमेरिका, बेलायत वा यूरोपियन देशको राजदूत खोजेका थिए । तर उनलाई भागबण्डामा दक्षिण कोरिया परेको थियो ।
त्यसो त एमालेको कोटाबाट राजदूत खान पत्रकार गोपाल खनाल, पर्यटन बोर्डका पूर्व सीईओ धनन्जय रेग्मीहरु पनि लागेका थिए । स्रोतका अनुसार रेग्मी २ करोड नै सहयोग गर्न तयार रहेको प्रस्ताव लिएर दौडधूप गरिरहेका थिए भने खनाल राजदूतका लागि रास्वपाका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेका निकट सहयोगीहरुकोमा पुगेको सूचनासमेत बालकोटमा पुगेको छ ।
प्याकुरेलको प्रेस बिज्ञप्ति

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend