सञ्जय मिश्रा
रौतहट । आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूका पनि आ-आफ्नै गुण, महत्व र विशेषताहरु नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्व, विशेषता र यो फल खाएर पाइने सन्तुष्टिकै कारण यसलाई फलको राजा भानिन्छ ।
प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात् यो फल मन नपराउने सायद बिरलै मानिस होला । पाकेको आँप त्यसै खाँदा पनि हुने, भात, रोटी, चिउरा जेसँग मिसाएर खाँदा त्यतिकै सन्तुष्टि पाइन्छ । हुन त सहरी क्षेत्रमा दूध, बरफ लगायत अन्य सामग्री मिसाएर म्याङ्गो सेक बनाएर समेत खाने गरिन्छ । तर पछिल्लो समय व्यापारीहरूले बिभिन्न केमिकलको प्रयोग गरेर कृत्रिम रूपमा पकाएको आँप मानव स्वास्थका लागि मन्द बिष बन्दै गएको छ । फलको राजा आँपलाई बिष बनाएर खुलेआम बिक्री गरिरहँदा पनी राज्य मूकदर्शक बनेको छ ।
आँपको इतिहास
हजारौँ बर्षअगाडि पूर्वोत्तर भारत, म्यान्मार र बंगलादेशमा आँपको खेती पैदावार सुरु भएको थियो । जहाँबाट यो दक्षिण भारत आएको थियो । आँपको सबभन्दा पहलो नाम ‘आम्र(फल’ु राखिएको थियो । यसलाई प्रारम्भिक वैदिक साहित्यमा ‘रसाला’ र ‘सहकार’ को रूपमा पनि सन्दर्भित गरिएको थियो, जसको उल्लेख बृहदारण्यक उपनिषद र पुराणमा पनि पाइन्छ । यसमा आमको रुखलाई काट्नुलाई निन्दाको रुपमा उल्लेख गरिएको छ ।
दक्षिण भारतमा यो फलको नाम तमिलमा अनुवाद गर्दा आम काय राखिएको छ । जुन बोलीचालीको भाषामा बदलेर बिस्तारै ‘मामकाय’ बन गयो । मलयाली मानिसहरूले यसलाई पछि गएर ‘मांगा’ को नाम बदलेको थियो । केरलमा पुर्तगालीले यो फलसँग मोहित भएर यसलाई उनीहरूले आपको रूपमा अहिले रहेको इतिहास छ ।
आँप र बुद्ध बीचको सम्बन्ध
समय परिवर्तन हुँदै गयो, तर आँपप्रतिको प्रेम र सम्मानमा कुनै कमी आएको छैन । गौतम बुद्धको समयकालमा आपको अझै बढी लोकप्रियता हासिल गरेको थियो । बौद्ध धर्मको उदयसँगै, आँप र बुद्ध धर्मका अनुयायीबीच आस्था र समृद्धिको प्रतिनिधित्व गरेको थियो । त्यस समय आमलाई एउटा उपहारको रूपमा आदानप्रदान गर्न शुरू गरिएको थियो । त्यतिमात्र नभई कूटनीतिको लागि पनि आँपको प्रयोग भइरहेको थियो । सो समयकालमा बौद्ध भिक्षु जहाँ जाँदा पनि साथमा आप लिएर जान्थे, सो समय आँप फल मानिसहरूका बीचमा निकै लोकप्रिय भएको थियो ।
समृद्धिको प्रतीक आँप
प्राचीन भारतका शुरुवाती लेखक यात्री मेगस्थनीज र ह्सियुनत्सांगले लेखेका छन्– कसरी प्राचीन भारतीय राजा, विशेष रूपमा मौर्य, आँपलाई समृद्धिको प्रतीकको रूप मान्दथे र सड़क राजमार्गहरुको छेउमा आपको बिरुवा लगाउँदथे । यसका अलावा उनीहरूले आँप फलको अविश्वसनीय स्वादको के बारेमा पनि लेखेका थिए, जसका कारण आँप भारतभन्दा बाहर पनि निकै लोकप्रिय भएको थियो । मुंडा आदिवासीहरु र स्वामी चक्रधरको दत्तराय सम्प्रदायले पनि यस फललाई प्राचीन भारतका जनजनसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
मुगल कालको अलाउद्दीन खिलजी आँपका पहिलो संरक्षक बने । उनले आफ्नो किलामा एउटा भव्य भोजको आयोजना गरेका थिए, जसको मेन्यूमा अलग–अलग किसिमको आँपका अलावा केही पनि थिएन । यसका अलावा आँपको एउटा छुट्टै कथा छ, जुन आँपप्रतिको मुगलहरुको प्रेम दर्शाउँछ । भनिन्छ, उनीहरू भारतबाट काबुल भाग्ने समय हुमायूले आँपको ठूलो भण्डार लगेका थिए । त्यसैगरी सो कालमा अकबरले बिहारको दरभंगा नजिकै आँपका विशाल लक्खी बाग बनाएको थियो । जसमा एक लाख भन्दा बढी आँपको रुख थियो ।
तोतापुरी, रटौल र केसरसहित महँगो जातको आपको शुरुवात त्यहीँबाट भएको मानिन्छ । यसका अलावा प्राचीनकाल भारतीय शासकहरूसँग जोडिएका आँपका अनेकौं कथाले पनि यसको महत्व झल्काउँछ ।
अंग्रेजहरुले कम गरे आँपको बर्चस्व
यूरोपीयनहरू भारतमा आएपछि आँपको बर्चस्व निकै प्रभावित भएको थियो । आँपको शाही ठाँट पनि बिस्तारै कम भएको थियो । भारतमा अहिले पनि अहमदाबाद, लखनउ,, इलाहाबाद, दिल्ली र गोवामा प्रत्येक बर्ष मैंगो फेस्टिवल मनाइन्छ । यसले एउटा सांस्कृतिक विरासतको रूपमा पहिचान गराउन मद्दत गर्छ ।
यस्तो इतिहास बोकेको फलको राजा आँपलाई अति ज्वलनशील पदार्थ कार्वाईड प्रयोग गरी पकाएर मन्दबिष बनाई खुलेआमम बिक्री गरिरहँदा पनि राज्य मूकदर्शक बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण देशका साना ठूला प्रत्येक बजारमा समयअगावै कार्वाईड हालेर पकाइएको आँप व्यापारीले बिक्री गरिरहेका छन् । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि निकै हानिकारक हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
सुर्या अस्पताल वीरगन्जका डा. सरोज सिंहले हानिकारक रसायन हालेर पकाएको आँप खाँदा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताएका छन् । विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने उनको भनाइ रहेको छ ।
त्यसैगरी बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा थप असर गर्ने वीरगन्जका अर्का डा. अशोक दासले बताएका छन् । ‘कार्बाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन्छ’, डा. दासले भने । प्राकृतिक रूपमा साउनदेखि भदौमा पाक्ने आँपहरु केमिकल राखेर जेठ असारमै सकाइरहेका छन् । यसरी मानव स्वास्थसँग प्रत्यक्षरूपमा खेलवाड भइरहँदा राज्य मौन हुनु ठूलो विडम्बना भएको जानकारहरु बताउँछन् ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend