Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गिरीबन्धुमा कांग्रेसले एमालेबिरुद्ध स्यालहुँइया मच्चायो : ओली


    बिहिबार, जेष्ठ ३१ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणमा मिथ्या प्रचार गरिरहेको आरोप लगाएका छन् ।

    बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको आरोप लगाएका हुन् ।

    उनले गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएको तर कांग्रेसले एमालेको विरोधमा स्यालहुँइया मच्चाएको बताए । ओलीले गिरीबन्धु प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको दाबी गर्दै बरु कांग्रेसले दुई पटक गरी ७० विघा बेचेको बताएका छन् ।

    उनले भने- ‘अहिले गिरीबन्धु टी स्टेट भनेर कराएको छ । गिरीबन्धु टी स्टेटमा एक पटक ५१ विघा, एक पटक १९ विघा गरी ७० विघा कानुनविना, नियमविना बलजफ्ती विक्री गरेर खाएका थिए । तिनै तत्वहरुले खाएका थिए । गिरीबन्धु टी स्टेट, त्यसलाई बेथितिकरण गर्न पाइँदैन भनेर हामीले कानुन बनायौं । कानुन बनाएपछि, नियम बनाएपछि नियम कानुनभित्र बस्नुपर्यो । बेचेर खान नपाइने भयो भनेर स्याल हुइँया मच्चाएका छन् । केपी ओलीले यो गर्यो, त्यो गर्यो भनेर ।’

    ओलीले यस अघि पशुपतिको जलहरी बेचेरे खाएको आरोप लगाएको बताउदै अहिले ति आरोप लगाउनेहरु कहाँ छन् भन्दै प्रश्न गरेका थिए ।

    अध्यक्ष ओलीले देशलाई विकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिसन ८४ मा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका थिए । ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिध्याउँछौं भन्नेहरू असफल भएको बताउदै उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तरसंबादका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार