Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप


    मंगलबार, जेष्ठ २२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन साहलाई संयमता गुमाएको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।

    उनले नेताहरुलाई गालीगलौज गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लाँदै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

    नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउँदै आफूहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।

    नेता भट्टराईले संसदमा बालेनको अभिब्यक्तिको बिरोध गरेपछि सामाजिक संजालमा मेयर साहका समर्थकहरुले उनलाई पनि गालीगलौज सुरु गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार