Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गिरीबन्धुको कुरा बालेनलाई सोध्नुः केपी ओली


    सोमबार, जेष्ठ २१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी इस्टेटको हदबन्दी फुकुवा प्रकरणका बारेमा बालेन साहसँग सोध्न सुझाव दिएका छन् ।
    बालेन साहले सोमबार बिहानमात्रै ओलीले गिरीबन्धुको जग्गा मिलाउने भनेर ब्यापारीहरुलाई थामथुम पारिरहेको बिषयमा फेसबुकमा स्टाटस लेखेका थिए ।

    पत्रकारहरुले सोमबार संसद भवन गिरीबन्धु टि इस्टेटको कुराका बारेमा सोधेको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भनेका छन् । गिरीबन्धु टी इस्टेटको ३ सय ४३ बिघा जग्गा ओली प्रधानमन्त्री हुँदा भूमि ऐन संशोधन गरेरै हदबन्दी फुकुवा गर्न लागिएको थियो ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त जग्गाको हदबन्दी फुकुवा नगर्न आदेश दिएपछि एमाले अध्यक्ष ओलीको चौतर्फी आलोचना हुँदैआएको छ । गिरीबन्धुको हदबन्दी फुकुवामा करोडौं आर्थिक चलखेल भएको बिषय संसददेखि सडकसम्म गुन्जिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार