Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रवि लामिछानेले प्रतिशोध साँध्न सिरोहियालाई पक्राउ गरे : समाजवादी प्रेस संगठन


    मंगलबार, जेष्ठ ८ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं, थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स कार्यालयबाटै आज मंगलबार अपराह्न बर्दीधारी प्रहरीद्वारा पक्राउ गरिएको घटनाप्रति समाजवादी प्रेस संगठन नेपाल घोर निन्दा प्रकट गरेको छ ।

    समाजवादी प्रेस संगठनले मंगलबार निकालेको  विज्ञप्तिमा उल्लेख छ–गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरिरहेको र उनीउपर कानूनी सजायका निम्ति खबरदारी गरिरहेको कान्तिपुरमाथि राज्यले प्रतिशोध साँध्दै उक्त सञ्चारगृहका प्रमुख व्यक्तिलाई धरपकड गरिएको पाइएको छ ।

    स्वतन्त्र सञ्चारगृहभित्र प्रहरीको परेड देखाएर सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकूल छ । यसले सञ्चारक्षेत्रमाथि विगतमा पञ्चायत तथा शाही सत्ताले समेत हिम्मत गर्न नसकेको बर्बरतापूर्ण व्यवहार प्रदर्शन गरेको हाम्रो ठहर छ ।

    समाचारका विषयमा कुनै आपत्ति या प्रतिक्रिया भए त्यसका निम्ति विद्यमान सञ्चार कानून तथा राज्यद्वारा खडा गरिएको निकायमार्फत् प्रस्तुत गर्न सकिने अवस्था हुँदाहुँदै गृहमन्त्रीका अनगिन्ति अपराधजन्य गतिविधि दबाउनका निम्ति यस्तो हर्कत गरिएकोमा कुनै शंका छैन । हाम्रो संगठन सिरोहियाको तत्काल रिहाइ तथा प्रेस क्षेत्रमाथि सिर्जना गरिएको भयपूर्ण वातावरणको अन्त्यका निम्ति सरकारसमक्ष माग गर्दछ ।

    विज्ञप्ति

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार