Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय


    शुक्रबार, जेष्ठ ४ २०८१
    2.3K
    Shares
    sf7df8f}F, # k'; . k|wfg dGqL Pjd g]kfnL sfFu|];sf kf6L{ ;efklt z]/axfb'/ b]pjfnufot g]sf kf6L{sf] s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf a;]sf] a}7sdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ ।

    कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

    साथै कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरुलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी दिएको छ ।

    लेखकका अनुसार कांग्रेसले बिहीबार संसदमा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ । सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद अगाडि बढाउन नसक्ने परम्परा बिपरीत गएको लेखकले बताए । कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक संचालन गर्न आग्रह समेत गरेको छ ।

    नेता लेखकले बिहीबार प्रतिपक्ष सदनमा उभिएको बेला सत्तापक्ष उठेर विरोध गर्नु संसदीय मर्यादाबिपरीत  भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार