काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु टी–स्टेटको ३४३ बिघा जग्गाको हदबन्दी फुकुवा गर्ने तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको निर्णय खारेज गरेको फैसलाको पूर्ण पाठ आइतबार सार्वजनिक भएपछि राजनीतिक बृत्तमा तरंग पैदा गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलको मंगलबार सम्पन्न बैठकले गिरीबन्धु टी–स्टेटको जग्गा हदबन्दी फुकुवा गर्नेमाथि कारबाहीको माग गर्दै संसद र सडक तताउने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले बुधबारको संसदीय दलको बैठकमा आक्रोश पोखेका छन् ।
गिरीबन्धु टी–स्टेटको जग्गा हदबन्दी फुकुवाको निर्णय अहिलेसम्मकै ठूलो भ्रष्टाचार भएको अन्तर्वार्ता पूर्वन्यायधीश इश्वर खतिवडाले उकालो डटकमलाई दिएका थिए । गिरीबन्धुको फैसला गर्ने संवैधानिक इजलासका ५ न्यायाधीशमध्येका इश्वर खतिवडाल एक हुन् । उनले ललिता निवास छावा हो भने गिरीबन्धु हात्ती हो भन्ने आसयको अन्तर्वार्ता दिएका थिए ।
बुधबारको संसदीय दलको बैठकमा ओली कांग्रेसतिर भन्दा पनि पूर्वन्यायाधीश खतिवडातिर बढी खनिएका थिए । पहिला ५१ र १९ बिघा हदबन्दीको जग्गा फुकुवा गरेको बिषयमा केही बोल्दैनन् । अहिले कानुन बनाएर फुकुवा गर भनेर आदेश दिने, संसदबाट कानुन बनाएर गर्दा अपरिपक्व भन्ने भन्दै उनले अदालतका न्यायाधीशप्रति नै कटाक्ष गरेका छन् ।
ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । उनले भने,‘जहाँसम्म गिरीबन्धु टी–स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापटट गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टी–स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’
मंगलबार कांग्रेस महामन्त्री गगन थापाले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य रहेको बताएका थिए । सामाजिक सञ्जाल मार्फत् महामन्त्री थापाले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक रहेको बताउँदै यस्तो निर्णय गर्नेमाथि अनुसन्धान आवश्यक रहेको बताएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend