Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक


    आइतबार, बैशाख ३० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् ।

    सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरवारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते अपराहन्न ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार