काठमाडौं । दाइजो लेनदेन र घरेलु हिंसालाई नेपाली कानून र समाज दुबैले अपराध माने पनि बीरगंज निवासी राजकिशोरले समाज र कानूनलाई बेवास्ता गर्दै आफ्नो कान्छो छोराको दोस्रो बिहे गराउन कन्याको खोजिरहेको खबर प्राप्त हुन आएको छ ।
प्राप्त जानकारी अनुसार राजकिशोरले आफ्नो छोरा ऋतुराजको लागि बिहार राज्यको सिवान जिल्लाको बाबुनिया निवासी एक धनाढ्यकोे मुंबई बस्ने कामकाजी युवती खोजेर ७५ लाख भारू दाइजोकोे रूपमा असूल गरी बाराको सिमरास्थित होटल इच्छामा भब्यरुपमा सम्पन्न भएको थियो । ५ बर्षअघि २०७५ माघ २६ गते सम्पन्न भएको बिहेकोे सम्पूर्ण खर्च पनि बेहुली पक्षले नै व्यहोरेको थियो ।
बिहे भएको ३–४ महिना नबित्दै ऋतुराजले आफ्नो श्रीमतीसँग भएको ३० लाख रुपैयाँ हात पारी AUDY कारकोे माँग राखेर झमेला खडा गरी कोठामा आफ्ना अन्य साथीहरुलाई बोलाएर श्रीमती सुनिता (नाम परिवर्तन) लाई मानसिक दबाब दिन थालेको आरोप लगाइएको छ ।
ऋतुराजले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदकोे मुद्दा जिल्ला अदालत पर्सामा दायर गरेकोमा उनको दावीलाई अदालतले अस्वीकार गरेको थियो ।
अदालतमा सम्बन्ध विच्छेदकोे मुद्दामा आफ्नो हकमा फैसला नभएपछि पनि बिहेको निम्ति राजकिशोर कलवारले पुनः आफ्ना कान्छा छोराकोे बायोडाटा बजारमा बाँडेर अर्को केटीको खोजीमा रहेको चर्चा प्रतिष्ठित कलवार समाजभित्र चल्न थालेको छ ।
बीरगंजकोे रैथाने कलवार समाजले राजकिशोरलाई पहिले बिहे गरी भित्र्याएको बुहारीसँग थप दाइजो र अनावश्यक लाभका लागि दबाव दिनसकेको छैन । समाजले घृणा गर्दै हिँडेको भएता पनि राजकिशोरले छोरा ऋतुराजकोे बिहेकोे लागि केटी खोज्दै हिँडिरहेका छन् ।
ऋतुराजले बिहे गर्नु भन्दा अगाडि २०७५ बैशाख २३ गते राजकिशोरले आपसमा अंशबण्डा गरेको लिखत पारित गरी आपसी समझदारीमा भिन्दै बसेको भन्दै ऋतुराजकोे नाउँमा कमसल जग्गा भागमा पारी २०७६ कात्तिक १५ गते मिलापत्र गरेको तथ्यले बाबुछोरा दुबैकोे नियत गलत भएको देखेर अदालतले मिलापत्र बदर दर्ता हक कायम को फैसला गरेको थियो ।
केटी पक्ष भारतीय भएको र हाल बिहारकोे राजधानी पटना बस्दै गरेकोले उनीहरुकोे नेपालमा पहुँच नपुग्ने र आफ्नो राजनीतिक कनेक्सनको आधारमा मनपरी गर्ने राजकिशोरकोे बुझाइ रहेको छ । यस सन्दर्भमा संचारकर्मीले राजकिशोरसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend