Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको बैठकमा महिला नेतृमाथि आक्रमण, माओवादीबाट आएकाहरुमाथि सौतेनी ब्यवहार


    सोमबार, बैशाख २४ २०८१
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सिन्धुली । प्रमुख सत्तारुढ पार्टी नेकपा (एमाले) की केन्द्रीय सदस्य उमा कोइरालाले एकता प्रक्रियासँगै आएकी एमाले सल्लाहकार परिषद सदस्य मिथिला फुयाँलमाथि बैठकमै आक्रमण गरेको विषयलाई लिएर एमाले सिन्धुलीमा भाँडभैलो मच्चिएको छ ।

    एमाले सम्बद्ध अखिल नेपाल महिला संघको बैठकमा केन्द्रीय सदस्य कोइरालाले ‘एमालेमा आएर बिधि र पद्धतिका कुरा सिकाउने, उतै माओवादीमा गएर सिकाऊ’ भन्दै कुट्न झम्टिएपछि भाँडभैलो मच्चिएको हो ।

    एमालेका तर्फबाट जिल्लास्थित महिला सञ्जालमा प्रतिनिधि पठाउने सन्दर्भमा भएको छलफलमा जिल्ला पार्टीसँग समन्वय गरेर राजनीतिक बैचारिक स्तर उठेका साथीलाई मात्रै सञ्जालमा प्रतिनिधि पठाउने कुरा राख्नासाथ केन्द्रीय सदस्य कोइरालाले ‘तँ चुप लाग, एमालेमा आएर हामीलाई कुरा सिकाउने ? उतै माओवादीमा गएर सिका’ भन्दै कुट्न पुगेपछि नजिकै रहेकी अनेमसंघकी जिल्ला अध्यक्ष एवम् उपसचिव पार्वती भट्टराईले छेकेकी थिइन् ।

    एमाले सिन्धुली जिल्ला पार्टी कमिटीलाई थाहै नदिई महिला संघले सञ्जालमा प्रतिनिधि पठाउनका लागि बसेका सीमित नेताहरुको बैठकमा फुयाँल पुगेकी थिइन् । फुयाँललाई नबोलाई आफूले इच्छाएको व्यक्तिलाई सञ्जालको सदस्य पठाउने कोइरालाको योजना असफल भएपछि उनी आक्रमणमै उत्रिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार