Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्याण्डविथको रकम भुक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या


    बिहिबार, बैशाख २० २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।

    उनीहरुले भारतीय कम्पनि एयरटेल, टाटा लगायतका कम्पनिलाई ब्याण्डविथ वापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको बताइएको छ । यसबाट नेपालका करिब ८० लाख भन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन् ।

    इन्टरनेट सेवा प्रदायकहरुले केहि दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो ।

    अर्कोतर्फ सरकारले भने इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रियल्टीलगायतका शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानिरहेको छैन ।

    उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार