काठमाडौँ । काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको छ।
गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो।
गृह स्रोतका अनुसार काठमाडौँका नयाँ प्रजिअको रूपमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई आएका छन्।
यसअघिका काठमाडौका प्रजिअ जनकराज दाहाल र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ।