बैशाख । रौतहट जिल्लास्थित लालबकैया नदी लगायत स-साना खोला नाला सुक्न थालेपछि चौपाया र चराचुरुङ्गी मर्न थालेका छन् ।
करिब दुई महिनाआगाडिदेखि लालबकैया नदी सुकेको छ । पछिल्लो पटक २०८९ साल फागुन महिनामा पानी परेको थियो । त्यसपछि लागातार तापक्रम दैनिक बढोतरी हुँदै गएको छ । हिजो( मंगलबार) रौतहटको अधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।
तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले सामान्य मानिसको जनजिवन लगायत सवै प्राणी, बोटबिरुवाका साथै बलीनालीमा समेत असर परेको छ।
यसैबीच पानी खान नपाएर जिल्लाका देवाहीगोनाही नगरपालिका वडा नम्बर २ स्थित एउटा जंगली चौपाया घोड गदहा मृत अवस्थामा फेलापरेको पत्रकार कमल यादवले वताए ।
प्रकृतिक खोला नदी सुकिसकेका कारण जंगली जनावर, छाडा पशुपंक्षी पानी खान नपाएर मर्न थालेको पत्रकार यादवले बताए । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरी पशुपंक्षीलाई पानी खाने व्यवस्था मिलाउन पत्रकार यादवले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । लालबकैया नदीको दायाँबायाँ करिब ५–५ किलो मिटर दुबैतर्फको दूरीमा निजी तथा सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए ।
पानीको समस्या मधेशमै बढ्दै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्रायः जसो हैण्डपाईप सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए । चौपाया तथा जंगली जनाबर चराचुरुङ्गीलाई आफूले स्थानीयस्तरबाट जन श्रमदान गरी सुकिसकेको लालबकैया नदीमा पोखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पूर्व नगरप्रमुख धर्मेन्द्र पटेलले बताए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend