बैशाख । रौतहट जिल्लास्थित लालबकैया नदी लगायत स-साना खोला नाला सुक्न थालेपछि चौपाया र चराचुरुङ्गी मर्न थालेका छन् ।
करिब दुई महिनाआगाडिदेखि लालबकैया नदी सुकेको छ । पछिल्लो पटक २०८९ साल फागुन महिनामा पानी परेको थियो । त्यसपछि लागातार तापक्रम दैनिक बढोतरी हुँदै गएको छ । हिजो( मंगलबार) रौतहटको अधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।
तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले सामान्य मानिसको जनजिवन लगायत सवै प्राणी, बोटबिरुवाका साथै बलीनालीमा समेत असर परेको छ।
यसैबीच पानी खान नपाएर जिल्लाका देवाहीगोनाही नगरपालिका वडा नम्बर २ स्थित एउटा जंगली चौपाया घोड गदहा मृत अवस्थामा फेलापरेको पत्रकार कमल यादवले वताए ।
प्रकृतिक खोला नदी सुकिसकेका कारण जंगली जनावर, छाडा पशुपंक्षी पानी खान नपाएर मर्न थालेको पत्रकार यादवले बताए । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरी पशुपंक्षीलाई पानी खाने व्यवस्था मिलाउन पत्रकार यादवले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । लालबकैया नदीको दायाँबायाँ करिब ५–५ किलो मिटर दुबैतर्फको दूरीमा निजी तथा सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए ।
पानीको समस्या मधेशमै बढ्दै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्रायः जसो हैण्डपाईप सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए । चौपाया तथा जंगली जनाबर चराचुरुङ्गीलाई आफूले स्थानीयस्तरबाट जन श्रमदान गरी सुकिसकेको लालबकैया नदीमा पोखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पूर्व नगरप्रमुख धर्मेन्द्र पटेलले बताए ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend