Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय विभूति साख्वाः र मानव अधिकार अभियानका अगुवा तुलाधरको शालिक निर्माण


    शनिबार, मंसिर ६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ८ मिनेट पाठ
  •  काठमाडौँ । आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा छन् । नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । साख्वाःको सम्झनामा अहिले पनि उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ ।
     
    नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका पद्मरत्न तुलाधर पनि धेरैले सम्झिरहने नाम हो । उनलाई प्रजातान्त्रिक आन्दाेलका नेताका रुपमा पनि चिनिन्छ । देशका लागि उल्लेखनीय योगदान दिएका साख्वाः र तुलाधर जस्ता वैभव व्यक्तित्वको अमर योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरेको छ ।
     
    यसअघि पनि महानगरपालिकाले जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ । महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको हो ।
    salik 1.jpg
     
    धर्मभक्तकाे पुर्ख्याैली टाेल झाेँछेमा पनि महानगरपालिकाले उनकाे सम्झनामा धर्मभक्त पार्क र शालिक निर्माण गरेकाे छ । आज सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठकाे प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गर्नभयाे ।
     
    शालिकमा मन्त्री श्रेष्ठलगायतले माल्यार्पण गर्नुभयाे । करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गर्नुभएका ती दुई शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गर्नुभयो । ‘साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ ।
     
    वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए । यस्ता व्यक्तित्वहरुको सम्मानमा महानगरपालिकाले शालिक निर्माण गरेर उदाहरणीय काम गरेको छ ।’ उहाँहरु दुबै ईतिहास पुरुष भएको पनि स्मरण गराउनुभयाे । उहाँले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घाेषणा गरी त्यसकै रुपमा स्थापित गराउनु ठुलाे कुरा भएको बताउनुभयाे । त्यसैगरी नेपाल सम्वतलाई राष्ट्रिय सम्मतका रुपमा स्थापित गराउने कुराम कसैकाे विमति नरहने पनि स्मरण गराउनुभयाे । उहाँले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेका विभुति घाेषणा गरेकाे भन्दै उहाँको पनि स्मरण गर्नुभयाे । वामपन्थी आन्दाेलका अगवा तुलाधर र प्रजातान्त्रिक आन्दाेलनका अगुवा गणेशमा सिंहकाे विचमा शंखधरकाे शालिक निर्माण हुनु इतिहासकाे सम्मान हाे, उहाँले भन्नुभयाे ।
     
    नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस पनि जान्छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिनुभयो । ‘उहाँहरुकाे याेगदानलाई कतियय अवस्थामा हामीले विर्सन चाहेर पनि विर्सन सक्दैनाैँ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न मनमुटुमा छन्, उहाँले भन्नुभयाे, ‘हामीले उहाँहरुकाे सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छाैँ । हामीले पार्कभित्र शालिक राखेर सधैं सबैले चिन्न र देख्न सकुन भन्ने ठानेका छाैँ । उहाँले काठमाडौंका नेवार मात्रै हाेइन सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ भन्ने नेता तुलाधारप्रति सम्मान गर्न पाएका छाैँ ।’
     
    वागमती प्रदेशका भाैतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाललले पनि सम्वाेधन गर्नभएकाे थियाे । सहरी विकास राज्यमन्त्री रामविर मानन्ध पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा उपप्रमख हरि प्रभा खड्गी श्रेष्ठले यस्ता व्यक्तिको सम्मान गरि शालिक निर्माण गर्ने अवसर महानगरले प्राप्त गरेकाेमा खुशी व्यक्त गर्नु भाे । कार्यक्रममा पद्मरत्नकी छाेरी सुम्निमा तुलाधरले पिताजीकाे सम्मानमा शालिक स्थापना हुँदा परिवार भावुक भएको बताउनुभयाे । 
     
    शंखधर साख्वाः
     
    आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका तत्कालीन नेपाली जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका थिए शंखधर साख्वाःले । इतिहासहरूको अनुमान अनुसार उनी काठमाडौंको लखुतीर्थस्थित बिष्णुमती खोलामा वालुवा चालेर सुन खोजी गर्ने व्यापारी थिए । यो व्यवसायबाट कमाएको पैसाले नै उनले तत्कालीन नेपाली जनताको ऋण चुक्ता गरेको अनुमान गरिन्छ । सबै जनता ऋणमुक्त भए पछि देशमा नयाँ युग शुरु भएको संकेत स्वरुप कान्तिपुरका तत्कालीन राजा राघवदेवलाई अनुरोध गरी उनले नयाँ संवत् चलाएका थिए । नेपाली जनताको ऋण चुक्ता गरी नयाँ युग आएको कारणले नयाँ संवतको नाम पनि उनले ‘नेपाल संवत्’ भनी नामकरण गरे । तत्कालीन समाजमा आफ्नो व्यापार व्यवसाय गर्न छुट्टै कोठी समेत भएका ठूला व्यापारीलाई ‘साखवाल’ भन्ने गरिन्थ्यो ।
     
    शंखधर पनि त्यस्तो छुट्टै कोठी भएका व्यापारी थिए र त्यसैबाट उनको नामको पछाडि ‘साखवाल’ शब्द जोडिन आएको हो, पछि त्यही साखवालबाट ‘साख्वाः’ बन्न गएको मानिन्छ । उनी काठमाडौं मरुटोलस्थित छ्वासपाखा क्षेत्रमा बस्ने गर्दथे । सोही ठाउँमा उनले एउटा चैत्य पनि निर्माण गरेका थिए जुन अद्यापि विद्यमान छ । सुनको व्यापारी भएको कारणले शंखधर साख्वाः र नेपाल संवत्को शुरुवातलाई जोडेर सुनसँग नै सम्बन्धित एउटा कथा पनि बुनिएको छ । कथा अनुसार एकपटक भक्तपुरका प्रख्यात राजज्योतिष सिद्धिवन्तले एउटा यस्तो शुभमुहूर्त पत्ता लगाए जुन समयमा बिष्णुमती खोलाको वालुवा सुनमा परिणत हुनेछ ।
     
    ज्योतिषको त्यही दावीलाई विश्वास गरी भक्तपुरका राजाले काठमाडौंको लखुतीर्थस्थित बिष्णुमती खोलाबाट वालुवा लिएर आउन दुई जना भरियाहरूलाई खटाए । आफूहरूलाई अ¥हाइएको साइतमा वालुवा लिई भरियाहरू फर्किरहेको अवस्थामा शंखधरले बाटोमा भेटे । भरियाहरू भक्तपुरको नेवार भाषामा कुरा गर्दै आइरहेका थिए । यो देखेपछि शंखधरको मनमा चिसो पसेछ, भक्तपुरका भरियाहरू काठमाडौंमा किन वालुवा लिन आएछन् ? उनले भरियाहरूलाई फकाई फुकाई त्यो वालुवा आफूलाई दिनु, त्यसको लागि ज्याला पनि दिउँला, भक्तपुरको लागि अर्कै वालुवा लिएर जानु भनी वालुवा जम्मै आफ्नो घरको छिँडीमा खन्याउन लगाए । भरियाहरू पुनः खोलामा गई अर्को वालुवा लिएर भक्तपुर फर्के । यता शंखधरको छिँडीमा राखिएको वालुवा भोलिपल्ट सुनमा परिणत भएछ ।
     
    यसरी प्राप्त भएको सुन बेची शंखधरले ऋणमा डुबेका नेपाली जनताको ऋण मुक्त गरिदिए । उनलाई नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते राष्ट्रिय विभूति घोषित गरेको थियो । उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन कछलाथ्व दशमिलाई हाल ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ ।
     
    पद्मरत्न तुलाधर
     
    नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलन, २०४६ सालको प्रजातान्त्रिक आन्दोलन र माओवादीले शुरु गरेको हिंसात्मक जनयुद्धलाई वार्ताद्वारा समाधान गर्ने ऐतिहासिक कार्यमा पद्मरत्न तुलाधरको ठूलो योगदान रहेको छ ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार