Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • तुलसीपुर मालपोतका सुुब्बा र सहयोगी घूससहित पक्राउ


    शुक्रबार, मंसिर ५ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेवाग्राहीसँग घूस लिने सुब्बा र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

    मालपोत कार्यालय तुलसीपुर, दाङमा कार्यरत नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई ३ लाख २० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

    गिरी र गैरेले  जग्गा नापजाँच गरी पूर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग घूस मागेका थिए ।  

    सोही उजुरीको आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको आयोगको टोलीले शुुक्रबार दुबैलाई घूससहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार