Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सशस्त्र प्रहरीले बचाए चालकको ज्यान


    मंगलबार, बैशाख ११ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले जीवनमरणको दोसाँधमा परेका एकजना ट्याक्टर चालकको ज्यान बचाएको छ ।

    राजपुर नगरपालिका २ फतुहा महेशपुरस्थित हुलाकी राजमार्गमा आज अपरान्ह ४ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र २–०३ ००१ त ३८९  नम्बरको फलामे छड लोड गरेको ट्याक्टर अनियन्त्रित भई सडकको बाँयातर्फ खेतमा पल्टिएको थियो ।

    दुर्घटनामा परी ट्याक्टरमा सवार दुर्गाभगवती गाउँपालिका ३ मतसरी का बर्ष ३० का विश्वनाथ पंडितको निधार र हात खुट्टामा सामान्य चोट पटक लागेको थियो ।

    दुर्घटनामा ट्याक्टरभित्र च्यापिएको चालक सोही ठाउँका बर्ष ३५ को चालक मुकेश पंडितलाई सशस्त्र प्रहरीले राजपुर नगरपालिकाको जेसीबीको मद्दतले उद्धार गरेको थियो ।

    चालक पण्डितको शरीरको सम्पुर्ण भागमा चोट पटक लाग्नुका साथै दुबै हात भाँचिएको साथै घाइतेलाई गम्भीर अवस्थामा उद्धार गरी थप उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईले बताएका छन। उनीहरूलाई सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प फतुहाबाट असई सुवास थापाको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालय राजपुरबाट सई प्रमानन्द यादवको कमाण्डमा खटिएको ५ जनाको टोलीले उद्धार गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार