काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार १ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ८ सय ६२, भक्तपुरका ७१ तथा ललितपुरका १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्।