काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४० जना महिला र १२ सय ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज मात्रै ५ हजार ३ सय ६४ जना संक्रमण मुक्त भएका छन् ।
योसहित नेपालमा २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये २४ हजार ६ सय ६५ सक्रिय संक्रमित छन्।
आज देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ ।