Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सुनिश्चित भयो स्रोत


    शुक्रबार, मंसिर ५ २०७७
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ। 

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिइसकेका छन्।

    अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले ५, १० र १५ शय्याका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिना अघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार यही मंसीर १५ गते भवन निर्णयको शिलान्यास गर्ने निर्णय गरेको थियो।

    चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार