रौतह । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।
आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमानदेखि कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्नो पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन् ।
गृहजिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टिस्थित लालबकैया नदीमा नवनिर्मित मधेश प्रदेशकै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालले आफूहरुको आफनै स्वाभिमान, पहिचान, मूल्यमान्याता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।
वर्तमान चारदलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने– ‘हामी कसैको दास होइनौं र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थपे, ‘हाम्रो आफनै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठिक छ नत्र सबै उील्टन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’
नेकपा एसले सात प्रदेशमध्ये एउटा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले भने, ‘त्यहाँ आफना पार्टीका चार जना प्रदेश सांसद छन् र ती चारै जना सरकार निर्माणका लागि निर्णायक छन्, हाम्रा प्रदेश सांसदहरु जता जान्छन् उतै सरकार बन्छ, अनि सरकार छाड्यो भने ढल्छ, ।’ रौतहटमा विगतमा आफ्रूले शिलान्यास गरेका सबै योजनाहरुको काम चाँडै द्रुतगतिमा अगाडि बढ्ने नेता नेपालले विश्वास दिलाएका छन् ।
आफु प्रधानमन्त्री भएको बेला रौतहटमा ठुलठुला विकास निर्माणका कामहरु गरेको चर्चा गर्दै नेता नेपालले आफूले शिलान्यास गरी अधुरो रहेका बडहर्वा पुल, टिकुलियाघाटको पुलदेखि लिएर अलपत्र अवस्थामा रहेका सबै योजनाका कामहरु चाँडै अगाडि बढाउने प्रक्रियामा लागिपरेको बताए । ४२ किलोमिटरको गौर–चन्द्रनिगाहपुर सडक खण्डलाई ४ लेनको बनाउने योजना आफूले नै ल्याएको र अहिले उक्त सडकलाई ४ लेन बनाउने काम द्रुतगतिमा अगाडि बढेको उनले बताए ।
चपुर–गौर सडकलाई चारलेन बनाउन ३ अर्बको ठेक्का लागिसकेको बताउँदै नेता नेपालले अबको केही वर्षभित्रमै चपुर–गौर सडक ४ लेनको बाटो हुने बताए । त्यस्तै हुलाकी राजमार्गसँग जोडिएको बडहर्वाघाटको बागमती नदीको पुल निर्माण गर्न अति आवश्यक रहेकाले अलपत्र अवस्थामा रहेको सो पुल चाँडै निर्माण गर्नका लागि आफूले कुनै कसर बाँकी नराखेको उनले बताए ।
गौर नगरपालिकाका मेयर शम्भु साहको अथक प्रयास र सहयोगमा वडा नं २ महादेवपट्टिस्थित लालबकैया नदीमा करोडौंको लागतमा निर्माण भएको झोलुङ्गे पुलको शुक्रवार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका हुन् । नेता नेपालले उद्घाटन गरेसँगै मधेश प्रदेशकै सबभन्दा दोश्रो ठूलो पुलको रुपमा रहेको उक्त झोलुङ्गे पुल शुक्रवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
सो पुलबाट गौर, इशनाथ लगायत पालिकाका हजारौं व्यक्तिहरु लाभान्वित हुने भएका छन् । उद्घाटन कार्यक्रममा नेकपा एसका नेता एवं पूर्व मन्त्री डाक्टर बशीधर मिश्रा, विकास समितिका सभापति कल्याणी खड्का, नेता रेवन्त झा, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव, गौर नगर प्रमुख शम्भु साह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend