Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • विप्लव समूहका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ


    बिहिबार, मंसिर ४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । प्रहरीले रुपन्देहीको बुटवलबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नेकपाका पाल्पा जिल्ला इन्चार्ज ४१ वर्षीय पूर्णबहादुर सिंह र पाल्पा जिल्लाका सदस्य मिनबहादुर आले रहेका ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीतसिंह राठौरले बताए ।

    डिएसपी राठौरका अनुसार उनीहरूलाई प्रहरीले बिहीबार बिहीबार बिहान पक्राउ गरेकाे हाे ।

    उनीहरुको साथबाट विभिन्न पुस्तक, सदस्यता नवीकरण पत्र र सिमसहित एक थान मोबाइलसमेत जफत गरिएको छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार