बराहक्षेत्र । बहुचर्चित ब्यक्तित्व कथाबाचक धीरेन्द्र शास्त्री नागेश्वर महाराजले नेपाल बिना भारत अधुरो हुन्छ जसरी माता सीता बिना राम अधुरो हुने बताएका छन् । आफ्नो पाँच दिने धार्मिक यात्रामा बिश्व बिख्यात वागेश्वरधामका पीठाधीश धीरेंद्रकृष्ण शास्त्री बुधवार हेलीकाप्टर बाट नेपालको सुनसरी जिला अंतर्गतवाराह क्षेत्र चतरा पुगेर त्यस्तो बताएका हुन् ।
बराह क्षेत्र चतरा स्थित आदर्श माध्यमिक विद्यालय प्राङ्गणमा अनंत श्री विभूषित जगद्गुरु श्री रामकृष्णाचार्य महायोगी सिद्ध बाबा सहित सनातन धर्म प्रेमिहरुले माला लगाएर उनको भव्य स्वागत गरेको थियो। उक्त अवसरमा धीरेन्द्र शास्त्री संगै राजेंद्र राउत , बिकास चौधरी , अरुण राठी , अरुण सुराना , सुरेश राठी , सुशील राठी , नरेश राठी डब्बू ,अमित धाडेवा , बीरू धडेवा सहित उच्च सुरक्षा अधिकारीहरु उनको टोलीमा सहभागी रहेका थिए। कार्यक्रम स्थल संगै रहेको हनुमान मंदिरमा बागेश्वर महाराजले पूजा अर्चना गरेका थिए।
सोही अवसरमा पीठाधीश धीरेंद्रकृष्ण शास्त्रीले झण्डै दुई अरब रुपैयाको लागतमा ब्रह्ममंडीय शैली श्रीयंत्र आकारको प्रस्तावित राम मंदिरको शिलान्यास गरेका थिए। सो अवसरमा कोशी प्रदेशका मुख्य मंत्री केदार कार्की , संघीय सांसद , प्रदेश सांसदहरु, बिभिन्न दलका नेताहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो। शिलान्यास पश्चात कार्यक्रम लाई संक्षिप्त संबोधन गर्दै बागेश्वर महाराजले नेपालको बिना भारत अधूरो छ जसरी माता जानकी बिना हाम्रो राम अधूरो। उनले भने नेपाल हाम्रो मुटु हो ।
उनले पशुपति नाथ , महादेवको भूमि जबसम्म हामी पुग्दैनौ हामी अधुरो नै हुन्छौं भनेका थिए। धीरेन्द्र शास्त्रीले भने नेपालका हिन्दूहरुलाई एकजुट गर्न र नेपालमा शांति कायम राख्न बालाजी महाराज संग प्रार्थना गर्दछु । बागेश्वर महाराज चतरामा आयोजित पांच दिवसीय हनुमान कथावाचन गर्ने कार्यक्रम रहेको छ। इस मौके पर नेपाल सरकार के ओर से कड़ा सुरक्षा व्यवस्था किया गया कथाबाचनको अवसरमा शान्ती सुरक्षा कायम राख्न ठूलो संख्यामा नेपाल प्रहरी , र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
साथै हिन्दू स्वयंसेवक संघ , नेपाल स्काउटका साथै सैयौं स्वयंसेवक र पीठका कार्यकर्ताहरु परिचालित भएका छन्। चतरा धाममा लागिरहेको १ महीने कुम्भ स्नानको अवसरमा बिशेष रूपमा कथाबाचनको लागि भारत मध्यप्रदेश स्थित बागेश्वर महाराज लाई निम्तो सहित बोलाईएको छ।
काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend