Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • समाचारप्रति डीएसपी तिमल्सिनाको आपत्ति


    बुधबार, बैशाख ५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • २०८१ बैशाख ४ गते मंगलबार ‘भूपेन्द्रलाई सत्तोसराप गर्दै योगेन्द्रले पड्काए डीएसपी’ शीर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा मेरो नाम र तस्वीर समेत राखेर प्रकाशित समाचारले मेरो व्यक्तिगत मानमर्दन, ब्यक्तिगत लाञ्छना समेत लगाएको छ । तथ्यहीन, कपोलकल्पित, भ्रामक विषयबस्तु राखेर प्रकाशन गरिएको समाचार प्रेस स्वतन्त्रता समेतको धज्जी उडाउँदै दुरुपयोग समेत भएको मेरो निष्कर्ष छ ।

    समाचारमा उल्लेख भए जस्तो बढुवाका लागि न मैले कसैलाई गाली गरेको छु न त्यसो गर्ने मेरो उद्देश्य र सोच हुन्छ । समाचार प्रकाशनले मेरो ब्यक्तिगत, सामाजिक र ब्यवसायीक जीवनमा समेत असर पार्ने कुत्सित नियतले बदनाम गर्ने उदेश्य रहेकाले उक्त समाचारमा कुनै सत्यता नभएको जानकारी गराउँदै खण्डनका लागि अनुरोध गर्दछु ।

    समाचार प्रकाशन गर्दा पत्रकारिताको न्युनतम आचार संहिता अन्तर्गत दोस्रो पक्षलाई समेत सोध्नुपर्नेमा त्यसो समेत नगरी एकपक्षीय समाचार प्रकाशन गरी काल्पनिक कथाले ममाथि पर्न गएको असर, त्यसले पार्ने प्रभाव समेतका बारेमा ध्यानाकर्षण गराउन चाहन्छु । समाचारमा उल्लेख गरिएका सबै झुटा विषयको खण्डन गरिदिन अनुरोध गर्दछु ।

    –योगेन्द्र तिमल्सिना, प्रहरी नायब उपरीक्षक, नेपाल प्रहरी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार