Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने


    बुधबार, बैशाख ५ २०८१
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ ।

    बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो ।

    यस अघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय गरेपनि उनी विवादित व्यक्त भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले विकल्प दिन आग्रह गरेको थियो । सोडारीमाथि सम्पत्ति शुद्धिकरणको मुद्धा रहेको र विगतमा मन्त्री हुँदा समेत विवादमा रहेको एमालेको आरोप रहेको छ । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई नेकपाकालमा फरक गुटमा भएकै कारण अपुष्ट आरोपमा मन्त्रीबाट हटाउन लगाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार