काठमाडौँ । सफल फिल्म होस्टेलको तेस्रो सिरिजको घोषणा गरिएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । यसलाई गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्ने भएका छन् ।
‘होस्टेल’ श्रृंखलाका निर्माता सुनिल रावल तेस्रो श्रृंखलामा कलाकारको रुपमा मात्र रहने भएका छन् । उनले फिल्म निर्माणको अधिकार सम्मान इन्टरटेन्मेन्टलाई दिएका छन् । फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला तथा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह निर्मातामा छन् । फिल्मलाई यसै वर्ष छायांकन र रिलिजको तयारी गरिएको छ ।
होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरुको भविष्यका घटनामा आधारित भएर फिल्म बन्ने निर्देशक कँडेलले जानकारी गराएका छन् ।
माधव शर्माको पटकथा लेखन रहेको फिल्ममा निर्देशक कँडेल स्वयंको कथा छ । स्क्रिप्ट लेखनमा मात्र डेढ वर्ष लागेको माधवले बताएका छन् । यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन रहने फिल्मका लागि कलाकारहरु भने निश्चित हुन बाँकी रहेको जनाइएको छ ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend