चितवन । चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका ७ की ८४ वर्षीया महिलाको आज बिहान पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
निमोनियाँसम्बन्धी समस्या भई कात्तिक २८ गते पुरानो मेडिकल कलेज भर्ना भएकी उनको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिलाको कात्तिक २९ गते स्वाव परीक्षण गरिएको सोही दिन उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको उपचार हुँदै आएको थियो ।