Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • दाङका दुई संक्रमितको बाँकेमा उपचारकै क्रममा मृत्यु


    बिहिबार, मंसिर ४ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङका दुई जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय र ८१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

    ५६ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियो। 

    यस्तै वडा नं ६ का ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीबार बिहान साढे ३ बजे मृत्यु भएको  बताइएको छ। कोरोनाको आशंकामा कात्तिक २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा त्यसै दिन कोरोना पुष्टि भएको थियो।

    जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार