Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु


    बुधबार, मंसिर ३ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कर्णाली। मोटरसाइकलको ठक्करबाट आज वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१ का तीन वर्षीय समीर नेपाली रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बालकलाई ठक्कर दिएलगत्तै फरार मोटरसाइकल तथा चालकको पहिचान खुल्न सकेको छैन । प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासी आन्दोलित भएका छन् । पीडित पक्षले टायर बालेर सडक अवरुद्व पारेपछि सुुर्खेत जुुम्ला सडकखण्डको एरीचोकदेखि बांगेसिमलसम्म ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार