Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • वरिष्ठ नेता नेपालले भने- ‘आलटाल गरेर समय कटाउने हाेइन, सरकारको कामको समीक्षा गरौं’


    बुधबार, मंसिर ३ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आलटाल गरेर समय कटाउने हाेइन, सरकारको कामको समीक्षा गर्ने बेला अाएकाे बताएका छन्। उनले तीन तहका सरकारका कामको समीक्षा ढिला नगरी गरिनु पर्ने बताए ।

    आज (बुधबार) बसेको नेकपा सचिवालय बैठकमा उनले केन्द्रका मन्त्री, प्रदेश सरकार स्थानीय तहका कामको समीक्षा गर्न ढिला गर्न नहुने बताएका हुन् ।

    ‘कार्यकर्ता र जनतामा व्यापक निरासा भयो आशामा बदल्ने काम गरौं’, उनको भनाइ थियो, ‘सबै तहका सरकारलाई पार्टी र जनताप्रति उत्तरदायि बनाऔं ।’ नेता नेपालले समय मात्रै लिने र अलमल गर्ने काम बन्द गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।

    बुधबारको सचिवालय बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अनेक बहानामा समय कटाउने र अलमल गर्ने गरेको भन्दै अव त्यस्तो प्रवृत्ति नदोहोर्‍याउन चेतावनी दिएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार