काठमाडौँ । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् ।
निर्वाचन समितीका अनुसार विजयी आचार्यले २२९ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटम प्रतिश्पर्थी चेतनाथ सञ्जेलले १५४ प्राप्त गरेका छन् । त्यस्तै अर्को प्रतिष्पर्धी दिनेश कार्कीले ८१ मत पाए भने सुर्वण श्रेष्ठले ९ मत पाएकी छिन् ।
त्यसैगरी उपाध्यक्षमा १७३ मत पाएर मञ्जली शाक्य विजयी भएकी छिन् । उनका निकटम प्रतिश्पर्धी हरिगोविन्द श्रेष्ठले ११५ मत पाए । त्यस्तै सचिवमा राम राउतले १७९ मत ल्याएर विजयी भएका छन् । उनका निकतम प्रतिष्पर्धी रत्न महर्जनले ११२ मत पाए ।
उपसचिवमा प्रभाकर थापा १५४ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिष्पर्धी श्याम बजगाईले ९९ मत पाएका थिए । त्यसैगरी महिला उपसचिवमा आशा राई विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
आज विहान ७ बजेर ४५ मिनेटबाट सुरु गरिएको मतदान अपरान्ह टुंगिएसँगे मत गणना गरिएको थियो । विद्युतीय मेसिनबाट मतदानका कारण मतपरिणाम छिटो आएको निर्वाचन समितीले बताएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend