Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • ३ सय ८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत


    बुधबार, मंसिर ३ २०७७
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८०  सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

    मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय २६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११९ जना आइसियु र २९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ४९ जना आइसियु र ७ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १० आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

     त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा ७९ आइसियु र १२ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्। 

    यसभन्दा अघि मंगलबार ३ सय ५६ जना मानिस आइसियु र भेन्टिलेरमा उपचारत रहेका थिए। 

    नेपालमा २ लाख १२ हजार ९ सय १७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये  १ लाख ८२ हजार ७ सय ८० जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय ४७ जनाको मृत्यु भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार