Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सभामुखले प्रधानमन्त्रीसहित चार दलका शीर्षनेताहरूसँग छलफल गर्दै


    सोमबार, चैत्र २६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्षनेताहरूसँग छलफल गर्दै छन् ।

    प्रमुख विपक्षी नेपाली कांग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले ४ दलका शीर्षनेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

    कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी ठगीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएकोले सभामुखले दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

    प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार