Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना मुक्त भएका नेता चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज


    बुधबार, मंसिर ३ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोनामुक्त भएर घर फर्किएका छन्। 

    निमोनिया र कोरोना संक्रमण भएपछि केसी गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका थिए। कोरोनामुक्त भएपछि अध्यक्ष केसीलाई अस्पतालले डिस्चार्ज गरेको हो।

    अध्यक्ष केसीले बुधबार विज्ञप्ति जारी गरी आफ्नो उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन्। उनले आफ्नो उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद पनि दिएका छ‍न्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार