Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीमा नयाँ सत्ता समीकरणका दलबीच पाँच बुँदे सहमति


    बिहिबार, चैत्र २२ २०८०
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनीमा नयाँ सत्ता समीकरणमा रहेका दलहरुबीच सरकार गठनबारे सहमति भएको छ । लुम्बिनी प्रदेशमा रहेका चार दल र एक स्वतन्त्र सांसदबीच बिहीबार पाँच बुँदे सहमति भएको हो ।

    सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।

    सहमतिमा लुम्बिनीमा माओवादीका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने, प्रदेशमा हुने राजनीतिक नियुक्तिमा सबै दलको अपनत्व हुनेगरी गर्ने लगायतका सहमति गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार