Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा


    बुधबार, मंसिर ३ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। पछिल्लो समय नेकपाको विवाद बढेसँगै राष्ट्रपति भण्डारीको सक्रियता पनि ह्वात्तै बढेको छ।

    मंगलबार राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेकी थिइन्। प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन्।

    यस्तै मंगलबार राति नै प्रम ओली र राष्ट्रपति भण्डारी बीच पनि भेट भएको थियो । प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका हुन्। उनले बैठक सार्नका लागि गरेका सबै प्रयास बिफल समेत भैसकेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार